|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिकामा नमुना युवा संसद् अभ्यास गरिएको छ। युवालाई नेतृत्व तहमा लिएर नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गराउने उद्देश्यका साथ नमुना अभ्यास गरिएको हो।

मुसिकोट नगरपालिका र सिर्जनशील युवा सञ्जाल नेपाल रुकुम पश्चिमद्बारा कार्यक्रमको आयेजना गरिएको हो। सदरमुकाम खलंगामा दुई दिनसम्म चलेको नमुना युवा संसदमा नेपालको संघिय तथा प्रदेश संसदमा हुने गरिएको काम कारबाहीको नमुना कार्य गरिएको आयोजना संस्था सिर्जनशील युवा सञ्जाल रुकुम पश्चिमका अध्यक्ष बिशाल विष्टले जानकारी दिए।

२५ जना युवा संसदहरूको सहभागिता रहेको नमुना युवा संसद कार्यक्रममा खिमबहादुर ओली युवा राष्ट्रपति, रीता बिक युवा राष्ट्रिय सभा अध्यक्ष, युवा सभामुखमा विशाल विष्ट, सुशील विक युवा प्रधानमन्त्री, युवा गृहमन्त्री दीपेन्द्र महतरा, युवा अर्थमन्त्री दिलमाया खड्का, युवा तथा खेलकुद मन्त्री संगम खड्का र संसद सचिवालयको युवा महासचिवमा भरत खत्री बनेका थिए।

जसमा संसदको प्रक्रिया अनुसारका सत्तापक्ष, प्रतिपक्ष, मर्यादापालक लगायतका व्यवस्थापन गरिनुका साथै युवा संसदमा राष्ट्रपतिद्बारा सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

हेर्नुहोस केही तस्वीरहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.