|
File Photo

बैतडी : बैतडीको पाटनमा शनिबार बिहान एक बृद्ध मृत भेट्टिएका छन्। मृत भेट्टिनेमा पाटन नगरपालिका १० हतासका ७६ वर्षीय प्रमानन्द भट्ट रहेका छन्। 

घरभन्दा करिब ५ सय मिटर पर रहेको वडा कार्यालय नजिक भट्ट मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए। 

बिहीवार बिहीबार पाटनकै खोड्पे बजार जान्छु भनेर घरबाट हिडेका भट्ट शुक्रबार दिन फर्केर घरनजिकै रहेको स्थानीय बजारमा बसेका र सोही बजारबाट शनिबार बिहान ५ बजे घर जान्छु भन्दै हिडेका बताइएको छ ।

भट्टलाई स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक भट्टको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ। मृतक भट्टको शव नजिकै विषादीको सिसी पनि भेटिएकोले विष सेवर गरेर मृत्यु भएको अनुमान प्रहरीको रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। मृतक भट्टको मानसिक सन्तुलन पनि ठीक नभएको स्थानीयलाई उद्धृत् गर्दै प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.