राजनीति

प्रेस स्वतन्त्रता र मानव अधिकारविरोधी विधेयक पास हुन दिन्‍नौँ : देउवा
SHARES

जेठ ४, २०७६

    विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताएका छन्।

    शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले भने, ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो। जबरजस्ती गर्न खोजे संसदबाट कुनै पनि हालतमा पारित हुन दिँदैनौँ।’ सरकारले बजेट एकपक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताए।

    ‘बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको होइन,’ देउवाले भने, ‘पत्रकार आफैँ जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरू आफैँले बुझ्ने कुरा हो के लेख्ने न लेख्ने? सरकारले भन्नै पर्दैन। पत्रकारले जे पनि लेख्न पाउँछन्।’ देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे। अदालत, मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सकारको कामकारबाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गरे।

    पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको बताए। भने, ‘जागरण अभियानले पार्टीलाई नयाँ ऊर्जा मिल्छ।’ कतिपय कार्यक्रममा एक नेता गएको ठाउँमा अर्को नजाने विषयबारे आफूलाई जानकारी नभएको देउवाले बताए। तत्काल महाधिवेशन बोलाउन आवाज उठिरहेको भए पनि देउवाले भने समय आएपछि हुने महाधिवेशन गरिने बताए।

    विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘प्रधानमन्त्री जे पायो त्यही बोल्दै हिँड्नुहुन्छ। यस्तो व्यवहार आफैँ सुधार गर्ने हो। सुधार गराइदिने म डाक्टर होइन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]