राजनीति

अबको निर्वाचन प्रणाली प्रविधिमैत्री हुन्छ : प्रमुखआयुक्त थपलिया
SHARES

जेठ ४, २०७६

    विराटनगर : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र मितब्ययी बनाउन आयोगले काम गरिरहेको बताए।
    निर्वाचन कार्यालयका प्रमुख र कर्मचारीलाई लक्षितगरी प्रदेश १ को राजधानी विराटनगरमा शनिबारबाट शुरु भएको ४ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताउनुभएको हो ।

    निर्वाचनलाई निष्पक्ष, मितब्ययी र जनताको विश्वासिलो बनाउन सुधार आवश्यक रहेकाले आयोगले काम गरिरहेको उहाले बताए। आगामी ५ वर्षमा विभिन्न ५ वटा मुख्य विषय वस्तुलाई केन्द्रीत गरेर आयोगले सुधारका काम गर्न लागेको उनले जानकारी दिए। ७ गतेसम्म चल्ने प्रशिक्षणका सहभागीलाई निर्वाचन प्रचारप्रसार खर्च, निर्वाचन विवाद निरुपण, राजनितिक दल दर्ता तथा आय ब्यय विवरण, निर्वाचन जोखिम ब्यवस्थापन तथा मतदाता दर्ता सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम दिइने छ। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]