|

धनगढी : साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले मिडिया काउन्सिल विधेयक सरकारले फिर्ता लिनुपर्ने बताएका छन्। प्रेस क्लव धनगढीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक मिश्रले मिडियाकर्मीको कर्ममा अवरोध पुर्‍याउने र नागरिकको अधिकारलाई पनि कुन्ठित गर्ने उद्देश्यले सरकारले विधेयक ल्याएको बताए।

मिश्रले तत्काल विधेयक सरकारले फिर्ता दिनुपर्नेमा जोड दिएका थिए। ‘मिडियाकर्मीको कर्ममा अवरोध पुर्‍याउने र नागरिकको अधिकारलाई कुन्ठित गर्ने उद्देश्यले मिडिया विधेयक ल्याइएको छ’ संयोजक मिश्रले भने, ‘अहिले विधेयक फर्ता लिइ सरोकारवालाहरुसँग छलफल गरेर मात्रै अघि बढाउनुपर्छ।’ 

संयोजक मिश्रले अनुदार लोकतन्त्रतर्फ सरकार अग्रसर भइरहेको आरोप लगाए। उनले भने, ‘निर्वाचनको आवरणमा सत्तामा पुगेकाहरूले मनोमानी ढंगबाट शक्तिको दुरुपयोग गरिरहेका छन्।’ अहिलेको सरकार पनि सोही दिशामा गइरहेको उनले बताए। भ्रष्टाचार र असक्षमताका कारण मुलुकमा विकास नभइरहेको उनको भनाइ थियो।

‘मेलम्चीको ठेकेदार सबैले घुस मागेको भन्दै बीचैमा छोडेर गयो’ मिश्रले भने, ‘जब अन्तर्राष्ट्रिय मुलुकमा यस प्रकारको छवी बन्छ। अनि देश कसरी बन्छ?’ साझा विवेकशील पार्टीका प्रवक्ता सूर्यराज आचार्यले भ्रष्टाचारमुक्त नयाँ पार्टी बनाउने उद्देश्यले भ्रष्टाचार विरुद्धको महाअभियान सञ्चालन गरेको बताए। ‘प्रधानमन्त्री र मन्त्रीलाई कुर्चीबाट हटाएर उहाँहरु जस्तै भ्रष्ट्र र त्यस्तै नेता ल्याउने भनेको होइन’ आचार्यले भने, ‘अब मुलुकमा बैकल्पिक शक्तिको आवश्यत्ता छ।’ 

साझा विवेकशील पार्टीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्धको अभियान सुरु गरेको छ। भ्रष्टाचार विरुद्धको अभियानमा पार्टीका केन्द्रीय संयोजक मिश्र, पार्टी प्रवक्ता आचार्यसहित संगठन विभाग प्रमुख मुमाराम खनाल लगायतका नेता उपस्थित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.