|

इलाम : आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिबार साँझ ६ बजेदेखि नेपाल–भारत सीमा नाका पशुपतीनगर सिल हुने भएको छ।

तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि हुन लागेको उपनिर्वाचनका कारण सोमबार बिहान १२ बजेसम्म नाका सिल हुन लागेको हो।

पशुपतीनगरसँगै झापाको काँकडभिट्टा–पानीट्यांकी नाकासमेत बन्द हुनेछ। खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.