|

काभ्रे:  स्थानीय पर्वका लागि बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका छन्। बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् ।

बनेपाले समुदायको सहभागितालाई दृष्टिगत गरी चण्डेश्वरी जात्राका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताए। शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ।

पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो। जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताए।  शुक्रबार शुरु भएको पलाञ्चोक जात्रा आइतबारसम्म चल्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.