प्यूठान : धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गद्वारीको खानेपानीको कुवामा परि एक जनाको ज्यान गएको छ।
शनिबार मध्यान्न १२ बजे स्वर्गद्वारी नगरपालिका २ जोगिमाराका ४६ वर्षीय नेत्रबहादुर खत्रीको खुवामा खसेर ज्यान गएको इलाका प्रहरी कार्यालय, भिंग्रीका प्रमुख इन्सपेक्टर इश्वर देव गिरीले जानकारी दिए।
उनका अनुसार खत्री स्वर्गद्वारीमा लाग्ने बैशाखे पुर्णिमा मेला हेरेर पानी खाने क्रममा कुवामा परेर ज्यान गएको हो। उनी करिब १० बजे घरबाट स्वर्गद्वारी आएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।