|

प्युठान : बैशाखे पूर्णिमाको अवसर पारी प्युठानको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा पर्यटक तथा दर्शनार्थीको घुइँचो लागको छ। स्वर्गद्वारीमा रहेको अखण्ड महायज्ञको १२४ औँ वर्षको अवसरमा स्वर्गद्वारीमा दर्शनार्थीको लागेको हो।

रोल्पाको रूम्टीगढी गाउँपालिका रूम्टीगढीका वालतपस्वी नारायण गौतम (तपस्यापछि हसांनन्द गिरी) ले वि.स. १९५२ को बैशाखे पुर्णिमामा यज्ञ लगाएको थिए। त्यो आजसम्म अखण्ड रूपमा बलिरहेको छ। यहि अखण्ड महायज्ञ लगाएको बैशाखे पुर्णिमाको अवसर पारी स्वर्गद्वारीमा दर्शनार्थी तथा पर्यटकहरू जाने गर्छन।

यस वर्षको पुर्णिमामा दुई दिनमा २५ हजार पर्यटक स्वर्गद्वारीमा आएको स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरी अधिकारीले जानकारी दिए। गत वर्षभन्दा यो वर्ष ४ हजार बढी पर्यटक स्वर्गद्वारी भित्रिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.