|

हुम्ला : हुम्लाको सदरमुकाम सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश-मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँच्चो लाग्ने गरेको छ। हुम्लाका विभिन्न तीर्थस्थललगायत मानसरोवर कैलाश दर्शन गर्न जाने बाह्य पर्यटक सिमकोट विमानस्थमा पुगेलगत्तै स्थानीयले बाजा–गाजासहित स्वागत गरेका छन्।

मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खा गाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिकलगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलासको दर्शन गर्न जाने गरेका छन्। शनिबार पहिलो दिनमै विभिन्न निजी एयरलाइन्सका जहाजबाट ७१ जनाभन्दा बढी विभिन्न देशका पर्यटकहरु भित्रिएका छन्। माउटेन एयर हेलिकोप्टरले मात्रै शनिबार २३ जान लाई कैलाश मानसरवर दर्शनको लागि हिल्सामा उडान भरेको छ भने बाँकी आइतबार उडान भर्ने र आउने क्रम जारी भएको सिमकोट विमानस्थमा खटिएका प्रहरी इन्चार्ज शुदिर खड्काले बताए।

तीब्बतमा रहेको मानसरोवर ताल हिन्दु र बौद्ध धर्मको तीर्थटनको गन्तव्य भएकाले भारतीय तीर्थयात्री  हरेक वर्ष सिमकोट हिल्सा हुँदै कैलाश मानसरोवर जाने गर्दछन्। यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिनिन्छ।

मानसरोवर समुन्द्र सतहबाट करिब चार हजार पाचँसय ९० मिटरको उचाईमा रहेको छ। मानसरोवर ताल तिब्बतको ल्हासाबाट ९ सय ४० किलोमिटरको दूरीमा रहेको छ। मानसरोवर तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलास पर्वत पर्दछ।

यो सिजनमा मानसरोवर कैलाश जाने भारतीय धार्मिक पर्यटक पहिलो ग्रुपलाई होटेल संघको अगुवाइमा सिमकोट विमानस्थलमा भव्य स्वागत गरिएको छ। पर्यटकलाई जिल्लामा आउँदा अतिथिको रूपमा विमानस्थलमा खादा ओढाएर र बस्ने होटेलसम्म बाजा बजाएर स्वागत गरिएको हो।

यो सिजनकै पहिलो मानसरोवर कैलाश जाने भारतीय पर्यटकको टोली सिमकोट विमानस्थलमा टेक अप गर्दा स्वागत गरिएको होटेल संघ हुम्लाका सचिव विनोद लामाले बताए। ओजा होलिडे ट्रेकले पहिलो टोली ल्याएको हो। शनिबार पहिलो टोलीमा पचास जना भारतीय पर्यटक आएको उनले बताए। अरु पर्यटक आउने क्रम जारी रहने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.