|

आगामी ३० मे बाट सुरु हुन लागेको एकदिवसीय विश्वकप क्रिकेटको रौनक सुरू भइसकेको छ। आफ्नो टिम पक्षधरहरुले टिमका सबल र दुर्वल पक्ष केलाउन सुरु गरीसकको छन्। 

यस्तोमा  जुलाई १४ सम्म इंग्ल्याण्ड र वेल्समा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको पुरस्कार राशी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले शुक्रबार सार्वजनिक गरेको छ। १२ औं संस्करणको एकदिवसीय विश्वकपको विजेता टिमले हालसम्मकै सर्वाधिक पुरस्कार रकम प्राप्त गर्ने छ। विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर अर्थात ४४ करोड ९१ लाख ६० हजार रुपैयाँ पाउने छ। त्यस्तै यो पटकको उपविजेता टिमले २ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछ। जुन २२ करोड ४५ लाख ८० हजार रुपैयाँ हुन आउँछ।

आईसीसीले पुरस्कार रकममा कुल १० मिलियन डलर खर्च गर्ने छ। जुन नेपाली रकममा १ अर्ब १२ करोड २९ लाख हुन आउँछ। त्यस्तै प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिमले ८ लाख डलर पाउनेछ भने लिग चरणको प्रत्येक खेल जित्ने टिमले ४० हजार डलर हात पार्ने छन्। लिग चरणमा कुल ४५ खेल खेलिने छ। यस्तै लिग चरण पार गर्ने प्रत्येक टिमले १ लाख डलर हात पार्ने छ। यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार प्राप्त गरेको थियो भने  सन् २०११ मा भारतले विश्वकप जित्दा ३.२५ मिलियन डलर पुरस्कार हात पारेको थियो।

प्रतियोगिताको उद्घाटन खेल ३० मे मा हुने छ।  आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका उदघाटन खेलमा प्रतिष्पर्धा गर्ने छन्। वेल्स र इंग्ल्यान्डले ४६ दिनसम्म कुल ११ मैदानमा विभिन्न खेलहरु खेलाउने छन्र।  विश्वकपको फाइनल १४ जुलाईमा लर्ड्स मैदानमा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.