|

कैलाली : मोटरसाइकल दुर्घटनामा परी कैलालीमा दुई जनाको मृत्यु भएको छ। शनिबार साझँ छुट्टा–छुट्टै दुर्घटनामा परी उनीहरुको मृत्यु भइएको हो।

टीकापुर नगरपालिकामा साँझ साढे ७ बजे जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। बा १६ च ४७१० नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको युपी ३१ एस ५१७० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो। 

जिपको ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक टीकापुर नगरपालिका–७ का २६ वर्षीय कमल साउँदको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

त्यस्तै, शनिबार साँझ जानकी गाउँपालिकास्थित बेलापुरमा भएको मोटरसाइकल दुर्घटनामा थप एक जनाको मुत्यु भएको छ। अपराह्न करिब साढे ५ बजे  से २ प ४२४६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेलापुरका ३२ वर्षीय रामनारायण चौधरीको घटना स्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कृष्ण बम गम्भीर घाइते भएका छन्। घाइते बमको टीकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.