|

महोत्तरी : सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरियाका १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा मोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि शनिरबार राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.