|
प्रतीकात्मक तस्विर

काठमाडौं : मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि कारबाहीबाट बच्नका लागि प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुईजना पक्राउ परेका छन्।

नेपाल प्रहरीकाअनुसार मादक पदार्थ सेवान गरेर मोटरसाइकल चलाउने कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई प्रहरीले  शनिबार राति पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक केसीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५०० रुपैयाँ दिइ प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.