भोलिदेखि अध्यक्ष मण्डलको संयोजक अनिलकुमार झा

|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने भएको छ। हाल अध्यक्ष मण्डलबाट संचालनमा रहेको पार्टी महाधिवेशनपछि भने एकमात्र अध्यक्ष प्रणालीमा सञ्चालन हुने भएको हो।

राजपाको जेठ २ गतेदेखि शनिबार अबेरसम्म बसेको बैठकले पार्टीको विधान संशोधन गर्दै अध्यक्ष प्रणालीमा जाने व्यवस्था गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए।

राजपाको विधानको धारा ३१ (१२)मा यसअघि महधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा उक्त व्यवस्था संशोधन गरेर महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा सञ्चालन हुने लेखिएको छ।

यसअघि कुनै पनि तल्लो तहमा निर्वाचित सदस्य, पदाधिकारीहरूलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब त्यस्तो अवस्थामा राजीनामा अनिर्वाय गरिएको झाले जानकारी दिए।

त्यसैगरी, पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरू बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा अपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाइएको राजपाले जनाएको छ।

राजपाको नयाँ निर्णयअनुसार यसअघि पार्टीको महाधिवेशन दुई वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर तीन वर्षभित्र गरिने भनिएको छ। यसअघि संक्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारहिरूको लागि शपथ ग्रहणको व्यवस्था छुट्न गएकोमा नयाँ व्यवस्थाअनुसार शपथ ग्रहणको व्यवस्था गरिएको छ।

चक्रीय प्रणालीअनुसार भोलिदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय गरेको छ।

राजपाका निर्णयः 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.