|
प्रतीकात्मक तस्बिर

बैतडी : बैतडीमा आइतबार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनमा अन्य ३ जना घाइते भएका छन्।

मृत्यु हुँनेमा बैतडीको दशरथचन्द नगरपालिका-१० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट रहेका छन्। मृत्यु हुनेमध्ये एक जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का  ४० वर्षीयका प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगर बस्ने २६ वर्षीय राहुल भट्ट र जीप चालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट घाइते भएका छन्।

देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतवार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो। घटनास्थल अहिले प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली पुगेको छ।

जिप दुर्घटनाको कारण खुलेको छैन्। जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.