|

काठमाडौं : प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्‍न तीनजनालाई चावहिलबाट पक्राउ गरेको छ। आइतबार दिउँसो गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चावहिलमा डेरा गरी बस्दै आएका उनीहरूलाई झण्डै ३५ लाख नगदसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अर्जुन राई, सुनील राई र जगत खड्का रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरूको ठेगाना खुलेको छैन। उनीहरूको साथबाट ३४ लाख ८९ हजार ३ सय रुपैयाँ नगद बरामद गरिएको डिएसपी बोगटीले थाहा सञ्‍चार नेटवर्कलाई बताए। उनीहरूलाई अहिले प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान गरिरहेका बोगटीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.