|

अनैतिक र आचारसंहिता विपरित भन्दै चुनाव आयोगमा उजुरी परेको छ। मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उजुरी दिएका हुन्।

उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्द गराउन आयोगसमक्ष माग गरिएको छ। ध्यान गर्ने भन्दै शनिबार केदारनाथ पुगेका मोदी मिडियामा छाएपछि विपक्षी दल आक्रोशित भएको हो। 'प्रत्यक्ष-परोक्ष जसरी होस्। मोदी मतदातालाई प्रभावित पार्न चाहन्छन्', भट्टाचार्यले उजुरीमा भनेका छन्,'यो अनैतिक कार्य हो।'

केदारनाथको गुफामा ध्यानमा बस्ने बित्तिकै मोदीको फोटो र भिडियो मिडियामा छाउन थालेको थियो। उनले आइतबार सबेरै बद्रिनाथ प्रस्थान गर्नु अघि मिडियासँग कुराकानी पनि गरेका थिए। भिडियोको पार्श्वमा उनका समर्थकहरुले  'मोदी मोदी' भन्दै नारा लगाएको सुन्न सकिन्छ।

'यो निजी भ्रमण हो भने किन मिडियाभरि छाइरहेका छन्। यो मतदाता प्रभावित पार्नको लागि मात्र त होइन? ' सांसद भट्टाचार्यले भारतीय निर्वाचन आयोगसँग प्रश्न सोधेका छन्। आयोगले आचारसंहिता नभुल्न सचेत गराउँदै मोदीलाई उत्तराखण्ड भ्रमणको अनुमति दिएको थियो।

तृणमूल कांग्रेसले पनि हिन्दु जनमत आकर्षित गर्न मोदीले नाटक गरेको आरोप लगाउँदै उजुरी दिएको छ। मौन अवधिमा केदारनाथ विकासको गुरुयोजना घोषणा गरेरु मोदीले आचासंहिता नाघेको तृणमूलको भनाई छ।

मोदी यसअघि पनि अभिनेता अक्षय कुमारसँगको अन्तर्वार्ताका कारण विवादमा तानिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.