|
राजा वीरेन्द्र र रानी ऐश्वर्य जुम्लाको खलंगा बजार भ्रमणका बेला राजारानीलाई हेर्न पर्खेका स्थानीय। १ फेब्रुअरी १९७८, तस्वीरः केभिन बुव्रिसकी

कालीकोट : कर्णालीमा ५० वर्ष अघि कस्तो थियो होला? अहिले कर्णालीमा केही आधुनिकिरण खोजिरहेका बेला कर्णालीको विषयमा विगतबारे थोरै जानकारी छ। यहाँ कुनै विकास निर्माणका काम कुनै प्रभाव नपारेको ५० वर्षअघि कर्णालीको जनजीवनमा अहिले धेरै फरक आइसकेको छ।

कर्णालीमा पहिलोपटक आएको र क्यामेरामा कर्णालीका तस्वीर कैद गर्ने स्वीस नागरिक टोनी हेगन नै होलान्! सायद त्यसभन्दा कुनै विदेशी नागरिक कर्णालीमा आएका थिएनन्। अहिले पनि कर्णालीमा कमै विदेशी नागरिकले भ्रमण गर्ने गरेका छन्।

टोनी हेगन र केभिन बुव्रिसकिले आफ्नो क्यामेरामा कर्णालीका केही तस्वीर कैद गरेका छन्।

सडक सञ्‍जाल विकास निर्माणका कुनै पूर्वाधारले नछोएको कर्णालीमा त्यसबेला मानिसहरु पिठ्युँमा भारी बोकी निकै कठिन बाटोको यात्रा गर्न कर्णालीबासी बाध्य थिए। अहिले पनि कर्णालीवासीको पिठ्युँमा भारी बोक्ने चलन हटेको छैन। कर्णालीमा दशकौँसम्म विकास नुहुन एउटा दुर्भाग्य हो।

तस्वीरमा हेरौँ पुरानो कर्णाली :

 मुगुको दलितबस्तीको एउटा गाउँ सन् १९७७ । तस्वीरः केभिन बुव्रिसकी

जुम्लाको कान्जिरोवा हिमाल ।  सन् १९५२, तस्वीरः टोनी हेगन

डोल्पाको से–फोक्सुण्‍डो ताल। सन् १९५२, तस्वीरः टोनी हेगन

सुर्खेत भेरी नदीको उत्तरगंगामा भारी बोकेर नदी तर्दैै।  सन १९५३ । तस्वीरः टोनी हेगन

कर्णालीवासीको उत्तरी नाका चीनबाट व्‍यापार गर्ने डोल्पाको सेफोक्सुण्डो हुँदै व्‍यापार गर्ने कठिन भीरको बाटो। सन् १९५२, तस्वीर : टोनी हेगन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.