|
प्रतिकात्मक तस्बिर

काठमाडौं : घरेलु कामदारका रूपमा नेपालबाट कुवेत जान लागेका दुई नेपाली महिलाको साउदी अरबबाट उद्धार गरिएको छ। रियादस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रूपमा काम गर्न भन्दै दलालमार्फत गैरकानुनी तरिकाले साउदी पुगेका ती महिलालाई उद्धार गरिएको जनाएको छ।

उद्धार गरिएकाहरूमा पाँचथर स्थायी घर भएकी उर्मिला राई र सिन्धुपाल्चोक स्थायी घर भएकी पूर्णीमाया तामाङ रहेको दूतावासले सूचना जारी गर्दै उल्लेख गरेको छ। दुवै महिला भनिएजस्तो सेवा सुविधा नपाएको र समस्यामा परेको भनी उद्धार गरिदिन माग गर्दै राजदूतावास पुगेका थिए।

'उनीहरूको बहिर्गमनका लागि भिसालगायत आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी आज एयर अरेबियाको हवाई उडानमार्फत नेपाल पठाइएको छ' नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.