|

बैतडी : बैतडीमा आइतबार जिप दुर्घटनामा परी मृत्यु भएका सबै ३ जनाको सनाखत भएको छ। 

मृत्यु हुनेमा दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटका  ४५ वर्षीय हिराबल्लभ भट्ट, ६५ वर्षीया नरुली भट्ट र ६० वर्षीय लालमणी भट्ट रहेका छन्। उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्। घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका-१० का ४५ वर्षीय प्रकाश भट्ट, कञ्चनपुरको भीमदत्तनगरका २६ वर्षीय राहुल भट्ट र जिपचालक दशरथचन्द नगरपालिका १० का नवीन भट्ट रहेका छन्। उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। 

बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाडौं हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जिप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको हो। घरबाट देवताल मन्दिर दर्शनका लागि हिँडेका उनीहरू बीच बाटोमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।

जिप सडकबाट १५० मिटर तल खसेको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन्।  जिपमा ६ जना मात्रै सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.