|
File Photo

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो। साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि निर्देशन दिइएको छ।

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारवाही अघि बढाउन  तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिना भित्र नया बोलपत्र आव्हन गरि प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ।

बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथासिघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.