|

अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ।    

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ। अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन्।    

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले उक्त आक्रमणलाई मानवता विरोधी रहेको पनि बताए।    

यसैबीच, मालीको किडाल क्षेत्रमा शान्ति सैनिक सवार सवारी साधनले सडकमा छाडिएको बेबारिसे बमलाई ठक्कर दिँदा भएको दुर्घटनामा चाडका शान्ति सैनिक घाइते भएका छन्।

मालीमा सन् २०१२ देखि राष्ट्रसंघको अगुवाईमा शान्ति सैनिक तैनाथ छन्। सन् २०१३ यता मालीमा मात्र १९० जना शान्ति सैनिकको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.