|

विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयको सहयोगमा सिबिआरले विभिन्न १२ जना अपांगता भएकालाई कृतिम सामग्री हस्तान्तरण गरेको छ।

मन्त्रालयले आइतबार एक कार्यक्रम गरी शारीरिक अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङ्मा साम्बालाई कृतिम खुट्टा, मोरङ रंगेलीका कमल हस्तालाई ह्रवील चियर, सुनसरी इनरुवाका सुस्त मनस्थिति भएका चन्द्र शेखर महतो, मनिका कट्वाललाई विशेष कुर्सी, विवेक श्रेष्ठलाई कृतिम सहयोगी हात, झापाकी स्मारिका राई, मोरङ पथरीकी एकता बराल र मोरङका कृष्ण श्रेष्ठलाई कृतिम खुट्टा, धकुटाका जोन अधिकारीलाई विशेष जुत्ता, रंगेलीका वरुण मण्डललाई तीन चक्के ट्राइसाइकल, कल्पना साहलाई वाकर र ७५ वर्षीय माधव घिमिरेलाई सहयोगी लौरो प्रदान गरिएको हो। उनीहरू सबैलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाग्री हस्तान्तरण गरे।

अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरेकी मनिहाङ्मा साम्बाको मन्त्री घिमिरेले उच्च शिक्षासम्म पठन–पाठन र अन्य सम्पूर्ण खर्च व्यहोर्नेगरी गत वर्ष साम्बाको अभिभावकत्व ग्रहण गरेका थिए। विकट पहाडी क्षेत्र त्यसमा पनि अपांगता भएकी मनिहाङ्माको अभिभावकत्व ग्रहण गरेपश्चात् मन्त्री घिमिरेले विराटनगर ल्याएर उनको स्वास्थ्य परीक्षण गरेर कृतिम खुट्टा लगाउन सहयोग गरेका हुन्। आफूले कृतिम खुट्टा पाएपछि खुसी लागेको उनले सुनाइन्।

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले कानूनको अभाव र कार्यक्षेत्रको निक्र्यौल अझै हुन नसकिरहेको बेला संघीय सरकारले दिएको रकमबाट अपांगताको क्षेत्रमा मन्त्रालयले सामान्य सहयोग गरेको बताइन्। सामाजिक विकास मन्त्रालयको २४ लाख सहयोगमा पहिलो चरणमा १२ जना अपांग भएकाहरूलाई कृतिम उपकरण वितरण गरिएको सिविआर विराटनगरकी रंजना बडालले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.