|

नवलपरासी : बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुई जना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। घटना गत वैशाख १ गतेको हो। गण नजिकैको जंगलमा घाँस काट्न गएका २६ र १७ वर्षीया ती दुई युवतीमाथि प्रहरी जवानले छुट्टाछुट्टै बलात्कार गरेको आरोप छ।

मुद्दा चलाइएका प्रहरी जवान दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत हुन्। घटना भएको एक महिनापछि मात्र पीडितले प्रहरीसमक्ष जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन्।

प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो। मुद्दा चलाइएकामा  डडेल्धुरा, मास्माण्डु गाउँपालिका ८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका ४ का २३ वर्षीय पाटेश्वर यायव छन्। उनीहरू दुवैलाई जबरजस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायव उपरीक्षक थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.