|

बैतडी : साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिले सरकारले लोक कल्याणकारी काम गर्न नसकेको आरोप लगाए। भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत आइतबार बैतडीको पाटन नगरपालिका ८ खोड्पे बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयोजक मिश्रले संविधानसम्मत तरिकाले सरकार अघि बढ्नुपर्ने बताए। 

दुई तिहाईको सरकार हुँदा समेत जनताले सरकार भएको अनुभूति गर्न सकेको छैन। उनले भने, 'यो सरकार विभिन्न काण्डमा फस्दै गएकोले आलोचित बन्दै गएको छ।' यस्तै साझा विवेकशीलका केन्द्रीय सदस्य केशव दहालले सरकारले भ्रष्टाचर नियन्त्रण गर्न नसकेको बताए। यही जेठ १ गते कैलालीको टीकापुरबाट शुरु भएको भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत मिश्रसहितको टोली बैतडी पुगेको हो। 

भोलि बिहान बैतडीको पाटन र दिउँसो २ गोठलापानीमा कोणसभाको आयोजना गरिने साझा विवेकशील पार्टीका बैतडी सम्पर्क व्यक्ति विवेकानन्द पाण्डेयले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.