|

बैतडी : मृत्यु भएको ५ दिन पछि बैतडीको मेलौली नगरपालिका ७ बनालीकी १९ वर्षीया किशोरी सावित्री चन्दको आइतवार दाह संस्कार गरिएको छ। गएको बुधबार राति घरनजिकैको मेल रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो। 

प्रहरीले सावित्रीको कोठामा खानतलासी गर्दा मेलौली नगरपालिका १ प्रशान्तसिंह क्षेत्रीको पर्सभित्र नागरिकता,फोटो र १० हजार रुपैयाँ फेला पारेको थियो। त्यसपछि सावित्रीका आफन्तले सावित्रीलाई आत्महत्या गर्न बाध्य बनाउनेलाई कडा कानुनी कारवाही माग गर्दै शवको दाह संस्कार गर्न मानेका थिएनन्। सावित्रीका बुवा मदनबहादुर चन्दले क्षेत्रीको नाममा जबरजस्ती करणी र दुरुत्साहन मुद्दा दर्ता गरेका थिए।

प्रहरीले सोही किटानी जाहेरीको आधारमा क्षेत्रीलाई पक्राउ गरी उनीमाथि अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ। आइतबार पनि अदालतले १० दिन म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। मृतक किशोरीको भजाइनल स्वाब, उनले लगाएका लुगा र भिसेरा रिपोट परीक्षण लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको उनले बताए। 

किटानी जाहेरी दिएपछि कानुनी प्रक्रिया अनुसार कारवाही अघि बढीरहेकाले आफन्तले शव बुझेर आज दाह संस्कार गरेको स्थानीय केशवसिंह भाटले जानकारी दिए।यस अघि सावित्रीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.