|


उदयपुरः नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशंक कोइरालाले कांग्रेस एकढिक्का हुन सके आगामी दिनमा  हुने निर्वाचनमा पनि पराजय भोग्नु पर्ने बताएका छन। अन्र्तघात भएकै कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाउने पर्ने बताएका हुन।

‘अवका दिनमा कांग्रेस मिल्नुको विकल्प छैन,’ उनले भने। फरक प्रसंगमा कोइरालाले दुई तिहाई रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले नागरिकको अधिकार खोस्दै गएको अरोप लगाएका छन। वर्तमान सरकार संविधानमा भएका अधिकारलाई प्रतिबन्ध लगाउन लागि परेको आरोप लगाएका हुन।

आइतबार किसुनजी फाउन्डेशन बेल्टार उदयपुरले आयोजना गरेको २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो अरोप लगाएका हुन। ‘सरकारले स्वतन्त्र प्रेस र न्यायपालिकाको अधिकारलाई कुन्ठित गर्ने काम गर्न खोजिरहेको छ,’ उनले भने। यसैबीच नेपाली कांग्रेसका प्रवक्त्ता विश्वप्रकाश शर्माले सरकारले ल्याउन लागेको आमसंचार विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका छन।

किसुनजी फाउन्डेशन उदयपुरको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा उदयपुुरको बेल्टार आएका शर्माले बिधेयक फिर्ता नलिए कांग्रेसले संसदमा सशक्त प्रतिकार गर्ने समेत बताएका छन। प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको बताउँदै उनले प्रेस स्वतन्त्रताका पक्षमा नेपाली कांग्रेस सदा लडिरहने दावी गरेका छन।

कांग्रेस नेता डा नारायण खड्का, धनराज गुरुङलगायतका नेताले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको किसुनजी फाउन्डेशनका अध्यक्ष हिमाल कार्कीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.