|

काठमाडौं : सरकारले वैदेशिक लगानीलाई प्राथमिकतामा राखेर नीति नियम सुधार गरिरहेको दाबी गरे पनि त्यसको प्रभाव भने देखिन सकेको छैन। चालु आर्थिक वर्षमा वैदेशिक लगानी र लगानी आप्रवाहा हुने क्रम घट्दो छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक परिदृष्यअनुसार गत वर्षको नौ महिनाको अवधि भन्दा चालु आर्थिक वर्षमा आधा कम मात्रै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आप्रवाह भएको छ। यो नौ महिना साउनदेखि चैतसम्मको अवधिमा सात अर्ब १० करोड रुपैयाँको एफडिआई आप्रवाह भएको छ। जवकि गत वर्षको यही अवधिमा १४ अर्ब २४ करोड रुपैयाँ एफडिआई आप्रवाहा भएको थियो। 

चैत महिनामा मात्रै ४४ करोड रुपैयाँको एफडिआइ आप्रवाहा भएको छ। फागुनसम्मा छ अर्ब ६६ करोड रुपैयाँको आप्रवाहा भएकोमा चैतमा ४४ करोड रुपैयाँले बढेर सात अर्ब १० करोड रुपैयाँ पुगेको हो। गत वर्ष चैत महिनामा मात्रै १७ करोड रुपैयाँको एफडिआई आप्रबाह भएको थियो। महिनागत हिसावले भने गत वर्षको चैतमा भन्दा यो वर्ष २७ करोड रुपैयाँ बढी एफडिआई आप्रवाह भएको छ। 

तथ्यांकको हिसावले पुँजीगत ट्रान्सफर रकम पनि घटेको छ। गत वर्षको चैत महिनासम्ममा १३ अर्ब १६ करोड रकम ट्रान्सफर भएकोमा चालु आर्थिक वर्षमा १२ अर्ब ४८ करोड रुपैयाँ ट्रान्सफर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.