|

पाकिस्तानविरुद्धको पाँच एकदिवसीय क्रिकेट श्रृंखला इङ्ल्याण्डले जितेको छ।

पाँचौ तथा अन्तिम खेलमा आइतबार राति ५४ रनको जित निकाल्दै घरेलु टोली इङ्ल्याण्डले श्रृंखला ४–० ले जितेको हो। लर्डस मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो। 

इङ्ल्याण्डका लागि जोय रुटले सर्वाधिक ८४ रन बनाउँदा इयान मोर्गानले ७६ रन जोडे। ३ सय ५२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको पाकिस्तान १९ बल बाँकी छँदै २ सय ९७ रनमै समेटियो।

पाकिस्तानका लागि सरफराज अहमदले सर्वाधिक ९७ र बाबर आजामले ८० रनको योगदान गरेपनि जितका लागि पर्याप्त हुन सकेन। दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने बाँकी चार वटै खेल इङ्ल्याण्डले जितेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.