|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा वक्तव्य दिंदै दुई देशबिच युद्ध शुरु भएमा इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्।

दुई देशबिच तनाव चुलिँदै गर्दा उनको यो वक्तव्य आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै ट्रम्पले आइन्दा अमेरिकालाई नधम्क्याउन चेतावनी समेत दिए।

 

अमेरिकाले ‍खाडी क्षेत्रमा सैन्य तयारी तिब्र पारेको छ। यसलाई इरानसँगको युद्धको तयारीको रुपमा हेरिएको छ।

गत बिहीबार पत्रकारहरुले इरानसँगको सम्भावित युद्धबारे सोधेको प्रश्नमा ट्रम्पले भनेका थिए, ‘म आशा गर्छु, त्यसो नहोला।’ तर उनको यो ट्विटले दुई देशबिच तनाव बढेको संकेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.