|

दार्चुला : कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोरको दार्चुला–बैतडी खण्डमा वैशाख मसान्तसम्म ७० प्रतिशत ट्रयाक खोल्ने काम पूरा भएको छ । 

बैतडीमा मात्रै करिडोरको सतरी प्रतिशत काम भएको दार्चुला तिङ्कर सडक आयोजना कार्यालयका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए। बैतडीमा ट्रयाक खोलिनुपर्ने ३९ किलोमिटर सडकमध्ये २७ किलोमिटरमा काम पूरा भएको छ। बाँकी १२ किलोमिटरमध्ये ईश्वर खोलामा किनारमा चार किलोमिटर चट्टान रहेको छ। चट्टान रहेको क्षेत्रबाहेक यस वर्ष बाँकी ट्रयाक खोल्ने काम पूरा हुने इन्जिनियर रैखोलाले बताए। 

बैतडीमा सेनासँग बङ्कर नभएका कारण बिस्फोटक पदार्थ राख्ने ठाउँ नहुँदा यो वर्ष चट्टानी भागमा बिस्फोट गराउन नसकिने अवस्था नरहेको उनले बताए। करिडोरको बाराबोटदेखि मटलासम्म गत वर्ष ६ किलोमिर र यो वर्ष ३ किलोमिटर सडकको ट्रयाक खोलिएको हो । जागरी सिल्लेक सडकमा गत वर्ष १० किलोमिटर र यो वर्ष अहिलेसम्म ८ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.