|

नयाँ दिल्ली : भारतमा लोकसभा चुनावको मतदान सकिएको छ। यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ। 

यो सन्देश मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले दिएका हुन्। बधाई दिने क्रममा उनले मालदिभ्स र एनडिए सरकारबीचको निकट नाताको पनि चर्चा गरेका छन्।

आइतवार आएको एग्जिट पोलमा एनडिएलाई बहुमत मिलेको देखाइएको छ। यसैका आधारमा नशिदले ट्वीट गर्दै भनेका छन्, 'चुनाव सकिएलगत्तै नरेन्द्र मोदी र भाजपालाई बधाई दिन चहान्छु। मालदिभ्‍‍सबाी र यहाँको सरकार तथा मोदी र एनडिए सरकारबीच अझै नजिकको सम्बन्ध स्थापित हुने विश्वास लिएको छु।'

सोलिहको सपथमा मोदी

नोभेम्बर २०१८ मा मालदिभ्सका नयाँ राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको शपथ ग्रहण समारोह भएको थियो। यसमा नरेन्द्र मोदी पनि सामेल थिए।

सोलिहले राष्ट्रपति चुनावमा अब्दुल्ला यामिनलाई हराएका थिए । डिसेम्बर २०१८ मा  राष्ट्रपति सोलिह भारत भ्रमणमा आएका थिए। यस क्रममा भारतले मालदिभ्सलाई ९७.४३ अर्ब रुपैयाँ सहयोग पनि गरेको थियो । 

लोकसभा चुनावमा यस पटक ७ चरणमा मतदान भएको थियो। जम्मा ५४२ सिटका लागि मतदान भएको हो। चुनाव परिणाम २३ मेमा घोषणा हुँदेछ। सर्भे अनुसार चुनावी नतिजामा एनडिएलाई ५३३ मा २७५ सिट मिल्ने देखिएको छ। युपिएलाई १३५ सिट मिल्ने अनुमान गरिएको छ। अन्य पार्टीको पोल्टामा १२७ सिट जाने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.