|

काठमाडौं : प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सांसद्‍हरुले कालिगण्डकी डाइभर्सनबारे प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद्‍ खगराज अधिकारीले कालिगण्डकी डाइभर्सनको अध्ययनबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। 

'कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ?', अधिकारीले प्रश्न गरे, 'चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिँचाइको कस्तो अवस्था हुन्छ ? ९५ प्रतिशत भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाइभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ?'

कालिगण्डकी डाइभर्सनको काम अघि बढाउने क्रममा संघीय सरकारले प्रदेशसँग सहमति नलिएकोमा अधिकारीले रोष प्रकट गरे । 'यसबाट लाभान्वित हुने प्रदेशसँग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ?', उनले प्रश्न गरे, 'यस्तो गम्भीर विषयमा अध्ययन गर्न सरकारले नीति कार्यक्रम राखेको छ । सम्बन्धित प्रदेशलाई ख्याल गरेर यसको जवाफ तुरुन्तै आउने अपेक्षा गरेको छु ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.