|

पोखरा : आन्तरिक पर्यटन वर्ष घोषणा गरेको गण्डकी सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तब्यको पहिचान गरी सार्वजनिक गरेको छ। सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको गण्डकी सरकारले प्रदेशका प्रत्येक जिल्लाका १०/१० वटा पर्यटकीय स्थलहरू सार्वजनिक गरेको हो। 

गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटक भ्रमण वर्ष र २०२१ लाई अन्तर्राष्ट्रिय पर्यटक भ्रमण वर्षको रुपमा घोषणा गरी प्रचार प्रसारको काम सुरु गरेको पर्यटन मन्त्रालयले जनाएको छ। 

प्रदेशले सार्वजनिक गरेको पर्यटकीय ठाउँहरूको भौतिक संरचना बनाउन प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय समेत गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए।

उनले सन् २०१९ मा १५ लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने लक्ष्यका साथ कामहरू अघि बढेको समेत बताए। पर्यटनलाई प्रदेशको आर्थि समृद्धिको प्रमुख खम्बा मानेको गण्डकी सरकारले केही पुराना र केही नयाँ ठाउँहरूलाई समेटेर पर्यटकीय गन्तब्यहरू सार्वजनिक गरेको हो।  

कास्की    

प्रदेशले घोषणा गरेका कास्कीको पर्यटकीय गन्तव्यहरूमा कास्कीका विभिन्न क्षेत्रहरू समेटिएका छन्। फेवाताल, तालबाराही मन्दिर (लेकसाइड), बेगनासताल, रूपाताल लगातका तालहरू, विन्ध्यावासिनी मन्दिर, सराङकोट, अन्नपूर्ण बेस क्याम्प, पातले छाँगो, विश्व शान्ति स्तुपा, यहाँका गुफाहरू, ऐतिहासिक कोटहरू र काहुँडाँडा कास्कीका पर्यटकीय क्षेत्रहरू हुन्।

गोरखा

गोरखाका पर्यटकीय गन्तव्यहरूमा गोरखा दरवार र गोरखा संग्राहलय, मनाकामना मन्दिर र केलबकार, श्रीनाथकोट मण्डली, अजिरकोट, गोरखाकालिका, बारपाक, लाप्राक, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्र, लार्केपास, छेकम्पार र लिगलिगकोट रहेका छन्।

मनाङ

मनाङका पर्यटकीय गन्तव्यहरूमा मनाङका पनि १० वटा क्षेत्रहरू समेटिएका छन्। सबै भन्दा उच्च भेगमा रहेको तिलिचो ताल, पोङकर ताल, डोना ताल, गंगापूर्ण ताल, अन्नपूर्ण हिमाल (पहिलो, दोस्रो र तेस्रो) र पदमार्ग, कर्णताल, थोन्चे–लार्के पदयात्रा,मनाङ–थोराङपास पदयात्रा, नारफु–काङला पदयात्रा, तिब्वतीयन बंकर मनाङका प्रमुख पर्यटकीय गन्तब्य हुन्।

मुस्ताङ

त्यस्तै मुस्ताङका पनि विभिन्न पर्यटकीय क्षेत्रहरू घोषणा गरिएको छ। मुक्तिनाथ मन्दिर, कागवेनी तिर्थस्थल, कुछप तेरेङ्का गुम्बा, ल्हो घेकर गुम्बा, दामोदर कुण्ड, लोमाङथाङ दरबार र गुफाहरू, धौलागिरी आईस फल, लियोपार्ड क्याप (ठिनी), जोमसोम गाँउ र टिटि ताल मुस्ताङका प्रमुख पर्यटकीय क्षेत्रहरू हुन्।

बाग्लुङ

बाग्लुङका पर्यटकीय गन्तव्यहरूमा बाग्लुङ कालिका भगवतीको मन्दिर देखि ढोरपाटन संरक्षण क्षेत्र समेतका रहेका छन्। बाग्लुङकालिका, पन्चकोट–शालिग्राम संग्राहलय तथा रंगवेकटेस मन्दिर, ढोरपाटन, उत्तरगंगा धार्मिक क्षेत्र, घुम्टेको लेक, गाँजाको दह (रुद्रताल) लेक, भैरव स्थान मन्दिर तथा भकुण्डे, जैमिनीधाम–माइस्थान–हाडिकोट बाग्लुङका पर्यटकीय क्षेत्र हुन। त्यस्तै सत्यावती मन्दिर, रामकोट, भुलेनी, विउकोट, शिवधुरी–हिमालयन भ्यूप्वाइन्ट, गाँइघाट झर्ना पनि पर्यटकीय गन्तब्यहरू हुन्।

म्याग्दी

गण्डकी प्रदेशले म्याग्दीका पर्यटकीय गन्तव्यहरूमा गलेश्वर धाम, सत्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्के धुरी, धौलागिरी वेस क्याप, धौलागिरी हाइसफल र हिमाल, पुन हिल र घोरेपानी, मालिका धुरी, रुप्से छहरा र अन्ध गल्छी, खोप्रा लेक र सिंगा तातोपानीलाई राखेको छ।

पर्वत

त्यस्तै पर्वत जिल्लाका पर्यटकीय गन्तव्यहरूमा भमरकोट माटे जलजला, हम्पाल, कालान्जर पर्वत, पन्चासे पन्चधाम रमणिय धार्मिक क्षेत्र, डहरेनिल कण्ठ पर्वत रहेका छन्। त्यस्तै प्राकृतिक टावर, चिसापानी, कालिका र सुर्यस्तको सुन्दरता, पैयुँकोट, महाशिला, सेतीवेणी शालिग्राम शिला धार्मिकक्षेत्र, कुस्मा मोतीवेणी क्षेत्र, गुफा र नेपालकै अग्ला लामा पुलहरू, महाभिर छहरा आरोहण, वन्जीजम्प, स्काइ साइक्लिङ र स्वीङ रहेका छन्।

स्याङ्जा

अन्य जिल्लाहरू जस्तै स्याङ्जा जिल्ला पर्यटकीय जिल्लाको रुपमा चिनिँदै आएको छ। पछिल्लो समय प्याराग्लाइडिङको लागि चिनिएको स्याङ्जाका अन्य पर्यटकीय क्षेत्रहरू पनि गण्डकी सरकारले पहिचान गरेको छ। शाल्मेडाँडा–गोर्खा स्मारक, नुवाकोट कालभैरव मन्दिर, शिरुवारी पर्यटकीय गाउँ, आलमदेवि मन्दिर, स्वरेकको प्याराग्लाईडिङ खेल मैदान, चण्डीथान, कालिका, अन्धाअन्धी, छुयाङछ्याङदी, राम्दीधाम र मीर्मी सेदिवेणी रहेका स्याङ्जाका पर्यटकीय क्षेत्रहरू हुन्।

लम्जुङ

लमजुङको पर्यटकीय गन्तव्यहरूमा लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, घनपोखरा, ईशानेश्वर महादेव, करापुटार, भुजुङ गाउँ, दूधपोखरी (गोरखा-लमजुङको सिमाना) सिउरुङ गाउँ र काउलेपानी गाउँ रहेका छन्। 

नवलपुर

नेपालकै कान्छो जिल्ला मध्यको एक नवलपुरका पनि पर्यटकीय क्षेत्रहरू गण्डकी प्रदेशले छुट्याएको छ। यहाँका पर्यटकीय गन्तव्यहरूमा मौलाकालिका, देवचुली, बरचुली पिकहरू, त्रिवेणी गजेन्द्र मोक्ष धाम, दाउन्ने देवी, कैलास पर्वत, घुमाउरीघाट, लोसेधारा, कैशाल आश्रम, चौधरीको शास्वत धाम, अकलादेवी  र मन्यविन्दु रहेकाछन्।

तनहुँ

तनहुँका पर्यटकीय गन्तव्यहरूमा बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाप्दी बराही, व्यास गुफा, घाँसीकुवा, तनहुँसुर, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बुढी देवता मन्दिर आँधीमुल, बाराही र मिर्लुङकोट रहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.