|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको योजना शाखामा सोमबार युवाको एक समूहले तालाबन्दी गरेको छ। नगरपालिकाले सञ्चालन गरेका योजनामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै स्थानीय युवाको समूहले तालाबन्दी गरेको हो। 

नगरपालिकाका इन्जिनियर तथा प्राविधिकले खुलेआम वडामा गठन भएका उपभोक्ता समितिबाट रकम माग गर्न थालेपछि त्यसको विरुद्ध कारवाहीको माग गर्दै तालाबन्दीमा उत्रिनु परेको युवा दिपक भट्टले बताए।

प्रविधिकहरूका अवांच्छित क्रियाकलापलाई तत्काल नियमन, अनुगमन गरी दोषीमाथि कारवाही हुनुपर्ने, विना प्रक्रिया भर्ना गरिएका कर्मचारीलाई तत्काल खारेज गरी नियम अनुसार पदपूर्ति गर्नुपर्ने र  सरकारी सवारी साधन सरकारी काम बाहेक अन्य काममा प्रयोग गर्न नपाइने गरी नियन्त्रण गर्न युवाले माग गरेका छन। 

कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नु पर्ने, निजी सवारी साधानहरू अनावश्क रुपमा प्रयोग गरी नगरपालिका कार्यालयबाट भुक्तानी गर्ने देखिएकोले तत्काल त्यस्ता कार्य रोक्नु पर्ने, पेट्रोल, सञ्चार, अनावश्यक भत्ता दिने कार्य रोक्नु पर्ने र  नगर भित्रका सम्पूर्ण सर्वाजनिक स्थलहरू व्यापक रुपमा अतिक्रमण भइरहेकाले तत्काल अतिक्रमण मुक्त गरी संरक्षण गर्नु पर्ने माग अघि सारिएको युवा जीवन धामीले बताए।

वडा नं १० को पानी पिच गर्ने क्रममा नगरपालिकाका इन्जिनियरले ८० हजार रकम माग गरेका कुरा सार्वजनिक भएकाले त्यसको सत्य तथ्य पत्ता लगाई दोषी देखिए कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने उनको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.