|

काठमाडौं : पानीबिना मानिसलागायत कुनै जीवको अस्तित्व छैन। मानवसभ्यताको विकाससँगै खानेपानीको आपूर्तिका लागि अनेकौँ उपाय खोजी भए। नदी नाला पोखरीको छेउछाउ बस्ती बसाउनेदेखि कुलो, नहर, बनाएर होस वा इनार खनेर पानीको स्रोत बनाइएको हुन्‍छ। नेपालको  ऐतिहासिक कालखण्डमा  पानीको आपूर्ति पूरा गर्न विभिन्न ठाउँमा इनार वा ढुंगे धारा बनाइएको पाइन्छ। यस्ता ढुंगेधारा बनाइँदा पानी आउने मूलहरू पत्ता लगाएर बनाइन्थ्यो।

प्राय: अहिले पनि देखिने ढुंगेधाराहरूमा देवीदेवताको मूर्ति र कला कुँदिएको पाइन्छन्। उपत्यकामा पाइने ढुंगेधारा मात्र धारा नभई कलाको उत्कृष्ट नमुना पनि हो। यी ढुंगेधाराले मानिसको प्यास मेटाउने मात्र नभई कलाकारिताको विकास पनि गरेका थिए भन्‍ने सहजै अनुमान लगाउन सकिन्छ।

अहिले आएर बढ्दो सहरीकरणले कुलो नहर र पानी आउने मूलहरू मासिँदै गएकाले  ढुंगे धारामा पानी आउँदैन। उपत्यकाका  एकाध धारामा थोरै पानी आउँछ कहीँ कतै ट्यांकीमा पानी राखेर पनि चलाएको देखिन्छ। यस्ता धाराहरू धेरै मासिइसके भने अहिलेसम्म जोगिएको धाराहरू पनि संरक्षणको अभावमा बिग्रँदो अवस्थामा छन्

ललितपुरको पाटन क्षेत्रमा खिचिएका  केही धाराहरूलाई प्रतिनिधि उदाहरणको रूपमा पेस गरिएको छ। यस्ता धारा काठमाडौं उपत्यकालगायत देशका विभिन्र स्थानमा पनि छन् :

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.