|

काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली पुरुष राष्ट्रिय टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक जोहान कालिनले आगामी महिना हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन्। 

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु रहेका छन्। विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवी सिलवाल डिफेन्समा रहने छन्। 

मिडफिल्डर र फर्वाडरमा सुनिल वल, रवी पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट परेका छन् ।

नेपालले यही जेठ १९ गते क्वालालाम्पुरमा मलेसियासँग र २३ गते चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले फिफा विश्वकप २०२० को छनोटको तयारीका रुपमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 

नेपाली टोलीका मुख्य प्रशिक्षक जोहानले अभ्यासका क्रममा केही खेलाडीले निक्कै राम्रो प्रदर्शन गरेको आधारमा राष्ट्रिय टोली छनोट गरिएको बताए। केही खेलाडीहरूमा फिटनेसको समस्या रहेको कालिनले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.