|

दाङ : नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवाद मार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गरे। साेमबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शाशन गर्ने सपना नदेख्न आग्रह गरे।

नेता नेपालले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई अधिकार भन्दै राज्यलाई कमजोर नठान्न चेतावनी दिए। पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आएर जनताको मन जितेर बहुमतका आधारमा कानुन संसोधन गरी आफूले चाहेअनुकूलको शासन चलाउन आग्रह गरे।

नेता नेपालले राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको भन्दै सरकार तानाशाही बाटोमा जान नहुने समेत बताए। बालुवाटार जग्गा प्रकरणबारे बरिष्ठ नेता नेपालले दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारवाही हुनुपर्ने बताए।

उनले सरकारले गरेकाे काम सबै ठिक र प्रतिपक्षले गरेकाे काम सबै बेठिक भन्ने दुबै दृष्टिकोण आफूलाई चित्त नबुझेको समेत बताए। त्यसैगरी मिडिया काउन्सिल विधेयक पार्टीमा छलफल नगरी ल्याइएको उनले बताए। उनले भने, 'पार्टीमा छलफल गर्ने वातावरण नहुँदा धेरै विरोध खेप्नु परेको छ। महत्वपूर्ण निर्णयहरू गर्दा पार्टीमा छलफल हुनुपर्छ। तर अहिले कुनै पनि विषयमा निर्णय लिदा पार्टीमा छलफल गर्ने गरिएको छैन।'

उनले पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष भएको समेत बताए। नेता नेपालले हाल उत्पन्न समस्या र सरकारको कामको समीक्षाको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे। बैठकबाट यस्ता कुराहरू आउँदा पर्दाखेरी सरकार एक्लो नहुने भएकाले आफूहरूसँग परामर्श तथा छलफल नै नगरी ल्याउन लागेको विधेकका बारेमा के भन्ने कुरा अन्योलता छाएको समेत बताए।

सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्ने पनि बताए। उनले आफूहरूले पटक-पटक कुरा उठाए पनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.