|
फाइल फोटो

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिको योजना शाखामा लगाइएको ताला खुलेको छ। भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै लगाइएको ताला केही घण्टामा नै खोलिएको हो।

नगर प्रमुख दिलबहादुर ऐरको अध्यक्षतामा बसेको बैठकले कार्यपालीकाको बैठकमा पहिलो एजेण्डाका रूपमा युवाहरूले उठाएका मागबारे छलफल गर्ने निर्णय गरेपछि ताला लगाउने व्यक्तिहरूले उक्त ताला खोल्न सहमति जनाएका हुन।

माग सम्बोधन गर्ने लिखित सहमती भएपछि तलाबन्दी खोलिएको ताला लागउनेमध्येका दिपक भट्टले बताए।

भट्टकाअनुसार नगरपालिकाको प्राविधि शाखाबाट भएका गल्ती कमजोरीलाई सुधार गर्दै लैजाने, प्रकृया नपुगी भर्ना गरिएका कर्मचारीलाई खारेज गरी नियमअनुसार भर्ना प्रकृया अगाडि बढाउने र सवारी साधनको दुरुपयोग रोक्नका लागि लिखित सहमती गरेपछि तालाबन्दी खोलिएको हो।

नगरपालिकाका योजना शाखाका कर्मचारीहरूले खुलेआम वडामा गठन भएका उपभोक्ता समितिबाट रकम माग गर्न थालेपछि त्यसको विरुद्ध कारबाहीको माग गर्दै युवाहरूले तालाबन्दी गरेका थिए।

सरकारी सवारी साधन सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नपाइने गरी नियन्त्रण गर्नु पर्ने, कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नु पर्ने, नीजि सवारी साधान अनावश्क रूपमा प्रयोग गरी नगरपालिका कार्यालय बाट भुक्तानी गर्ने देखिएकोले तत्काल त्यस्ता कार्य रोक्नुपर्ने माग युवाहरूको थियो।

 यसैगरी, युवाहरूले पेट्रोल, सञ्चार, अनावश्यक भत्ता दिने कार्य रोक्नुपर्ने र  नगर भित्रका सम्पूर्ण सर्वाजनिक स्थल व्यापक रूपमा अतिक्रमण भइरहेकाले तत्काल अतिक्रमण मुक्त गरी संरक्षण गर्नुपर्ने माग गरेका  थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.