छापा

उपराष्ट्रपति र सेनालाई 'नारायणहिटी'का गाडी
SHARES

प्रतीकात्मक तस्विर
जेठ ७, २०७६

    काठमाडौं : संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणण गर् यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेका नारायणहिटी दरबारका सबै संरचना संरक्षित हुँदै राजतन्त्रको अध्ययन गर्ने थलो बने।

    नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार उचित संरक्षण गरेर संग्रहालमै राख्नुपर्ने ऐतिहासिक महत्त्व बोकेका सवारीसाधन सरकारी निर्णयबाटै नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संस्कृतिविदहरूले संग्रहालयको सम्पत्ति  भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सरकारी कदमको आलोचना गरेका छन्। राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी पाँच वर्षअघि मात्र नेपाल प्रहरीलाई दिइएको थियो।

    उपराष्ट्रपति, सेना र प्रहरीले लगेका बुलेट प्रुफ कारको प्रतिएकको मूल्य १६  लाखदेखि २० लाख रुपैयाँसम्म पर्ने बताइएको छ। सेनाले लगेका चारमध्ये दुईवटा चालू हालतमा रहेका र दुईवटा मर्मतमा मात्रै तीन करोड रुपैयाँ खर्च गरिएको छ।

    तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमल तथा राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडीमध्ये गृह मन्त्रालयले उपराष्ट्रपति पुनलाई एउटा र सेनालाई चारवटा हस्तान्तरण गरेको छ। २०७५ असोज ७ गते उपराष्ट्रपति पुनले प्रयोग गर्दै आएका छन्। त्यसअघि पनि उपराष्ट्रपति कार्यालयले संग्रहालयका नाममा भएको अर्को बुलेटप्रुफ गाडी दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]