|

इलाम : दुवै मिर्गौला फेल भएर उपचाररत सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन्। डेढ महिनादेखि काठमाडौंस्थ्ति त्रिवि शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षीय चापागाईंले उपचारका क्रममा भए भरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन्।

पीडितका परिवारजन र आफन्तले उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे। मित्रप्रसादका भतिज हेमचन्द्रले दुवै मिर्गौला प्रत्यारोपण गर्न २२ लाख रुपैयाँ खर्च हुने बताए। ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले यति रकम जुटाउन असम्भव भएर सहयोग गुहार्नुपरेको छ,’ उनले भने, ‘सम्पत्तिका नाममा भएको डेढ रोपनी जमिनसमेत उपचारमै खर्च भइसकेको छ।’ 

उनले काका मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको बताए। मित्रप्रसादको मिर्गौला डाइलाइसिस गर्दा प्रत्येक साता १० हजार रुपैयाँ खर्च भइरहेको छ। जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको उनले बताए।

मित्रप्रसादको उपचार सहयोगका लागि कन्याम टोल विकास संस्थासमेत जुटेको छ। संस्थाका अध्यक्ष लेखनाथ दाहालका अनुसार उपचार सहयोग रकम संकलन गर्न ग्लोबल आइएमई बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.