नीतिका कुरा

यस्ता ठाउँमा कहिल्यै नबस्नुस्
SHARES

जेठ ७, २०७६

    जुन देश (ठाउँ) मा आदर छैन, न जीविकाको माध्यम छ, न इष्टमित्रहरू नै छन्, न आफूले पढेको विद्या र जानेको सीपबाट आर्जन हुने बाटो नै छ; त्यहाँ एकछिन पनि बस्न उचित नहुने नीतिकार चाणक्य बताउँछन्।

    जीविकाको माध्यम, भय, लज्जा, अनुकूलता र प्राकृतिक स्रोत नभएको स्थानमा पनि बस्नु हुँदैन। यस्तै धनी मानिस, नागरिकको पीरमर्का बुझ्ने राजा (शासक), नदी र वैद्य; यी पाँच कुरा जहाँ छैनन्, त्यो स्थान पनि बस्न उचित हुँदैन।

    बरु बाघ र ठूल्ठूला हात्ती भएका जंगलमा बस्नु, त्यहाँ भेटिने फल–पात–झार खानु, पानी पिउनु, घाँसलाई बिछ्यौना बनाएर सुत्नु, रुखको बोक्रा लगाउनु राम्रो; इष्टमित्र, आफन्तका नजिक धनहीन भएर बस्नु राम्रो होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]