|
Desktop\New folder\Downloads\

अर्घाखाँची : जुकेना शिवाहदह माविमा पाँच दिनदेखि लागेको ताला नखुल्दा ५०० भन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालयको भौतिक निर्माणमा दलका जनप्रतिनिधिले हस्तक्षेप गरेको भन्दै विद्यार्थी आन्दालित भएका हुन्।

बहालवाला प्रध्यानाध्यापकलाई हटाउन खोजिएको, विद्यालयमा शौचालय निर्माणका लागि नगरपालिकाबाट परेको सात लाख, वडा कार्यालयबाट परेको तीन लाख, पुस्तकालय निर्माणका लागि प्रदेश सरकारबाट आएको तीन लाख रुपैयाँको काम नै गर्न नदिएर फ्रिज गराउन खोजेको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरूले लामोसमय देखी दरबन्दी अनुसारका निमावि तहमा दुई जना, मावि तहमा एक जना शिक्षक नहुँदा पठनपाठन प्रभावित हुँदासमेत जनप्रतिनिधिले विषयगत शिक्षक राख्ने विषयमा कुनै चासो नदिएको विद्यार्थीको आरोप छ। भौतिक निर्माणको आर्थिक पाटोमा दलका जनप्रतिनिधिले आँखा लगाएको भन्दै विद्यार्थीले शुक्रबार विद्यालयमा तालाबन्दी गरेका हुन्।

विद्यार्थीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र विद्यालयमा लगाएको ताला नखोल्ने बताएका छन्। कक्षा १० मा अध्ययनरत विद्यार्थी सरोज आचार्यले भने शौचालय निर्माणका लागि बजेट परे पनि वडा कार्यालयले सिफारिस रोकिदिएपछि निर्माणको काम अगाडि बढ्न सकेको छैन। निकासका लागि पटक पटक बैठक छलफल भए पनि टुङ्गो लागेको छैन।

पटक पटक दरबन्दी अनुसारका शिक्षक नहुदा पठ्नपाठ्नमा समेत अप्ठेरो हुदा जनप्रतिनिधीले शिक्षक ल्याउने बिषयमा कुनै चासो नदेखाएको तर भौतिक निर्माणको काममा प्रक्रिया पूरा गरेर वडा कार्यालय पुग्दा सिफारिस नदिएको विद्यालयका प्रध्यानाध्यापक कृष्ण शर्माले बताए। वडाध्यक्ष ऋषि रेश्मीले प्रक्रिया नपुगेका कारण रकम निकासा नगरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.