|

काठमाडौैं :  लोक सेवाको बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव स्वीकृत गरेकाे स्रोतले जानकारी दिएको छ। 

प्रस्ताव परिषदमा पेस हुनुअघि विभिन्न तहमा यसबारे छलफल हुनुका साथै मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्षसँग पनि मन्त्रालयको छलफल भएको थियो। 

स्थानीय तहमा कर्मचारीको अभावले काम नभएको व्यापक गुनासो भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जतिसक्दो चाँडो कर्मचारी भर्नाका लागि लोकसेवा आयोगलाई भनेको थियो। आयोगले करिब ११ हजार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गर्ने तयारी गरेको छ। सम्भवतः भोलि वा अर्को बुधबार आयोगले दरखास्तका लागि सूचना निकाल्ने स्रोतको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.