|

काठमाडौं : पाँचथरको मिक्लाजुङ–३ मा नौ जनाको हत्या भएको दिन सोही गाउँपालिकाको वडा नम्बर ७ लिम्बामा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

सामूहिक हत्या भएको स्थानबाट करिब तीन घण्टाको दूरीमा रहेको स्थानमा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। वडा नम्बर ३ का अध्यक्ष हस्तराज फियाकका अनुसार माखिम झुण्डिएको अवस्थामा फेला परेको जानकारी आएको हो। आरुबोटेबाट उक्त घटना भएको स्थान टाढा भएकाले पुष्टि हुन भने नसकेको उनले बताए।

झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सोमबार राति हत्या गरिएको बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको वडाध्यक्ष फियाकले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.