एकैजनाले हत्या गरेको अनुमान

|

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजनाको हत्या भएको खबरले जिल्लामा बिहानै सनसनी मच्चायो। सोमबार राति (समय नखुलेको) भएको यो घटनाको खबर सदरमुकाम फिदिमसम्म आइपुग्दा सुरक्षा निकाय र प्रशासनमा हलचल मच्चियो । 

नौजनाको विभत्स हत्याको घटना थाहा भएलगत्तै जिल्ला प्रहरी कार्यालयले घटनास्थलबाट दुई किलोमिटर परको दशमी प्रहरी चौकीको टोली सबैभन्दा पहिले पुगेको स्थानीयले बताएका छन् । 

त्यसपछि १० किलोमिटर पर रहेको इलाका प्रहरी कार्यालय रविबाट टोली घटनास्थलमा पुगेको रहेछ । घटनाबारे थाहा पाएलगत्तै मसहितका सञ्चारकर्मी सदरमुकाम फिदिमबाट त्यसतर्फ लाग्यौँ । 

हामी सबैभन्दा पहिले आरुबोटे बजारबाट सात सय मिटरको दूरीमा रहेको धनराज सेर्माको घरमा पुग्यौँ । मलेसियामा रोजगारी गर्दै आएका सेर्माको घर गाउँमा लगिएको कच्ची सडकसँगै जोडिएको रहेछ । 

सडकको छेउमा भएकाले सेर्मा परिवारले घरमा किराना दोकान पनि चलाएका रहेछन्। जस्तापाताले छाएको एक तल्ले घरको पश्चिमतर्फ धनराजको परिवारले ढाका उद्योग पनि चलाएको रहेछ । 

ढाका उद्योगसँगै पश्चिम दिशामै जस्तापाताले छाएको बाख्राको खोर पनि छ । सेर्मा परिवारले घरको आँगन छेउमा भान्सा घर बनाएका रहेछन् । हामी मध्यान्ह
अहिले वरिपरि सुरक्षाकर्मी तैनाथ छन्। हामी मंगलबार मध्यान्ह घटना भएको शेर्माको घरमा पुग्दा प्रहरीले घटनास्थल सिल गरिसकेको रहेछ।

यस्तो छ घटनास्थल

सेर्माले बनाएको एक तले घरको दक्षिणतर्फ दुई कोठा निकालिएको रहेछ। दुईतर्फ कोठासँगै प्यासेज (दलान) छ। कोठाको छेउको प्यासेजमा कोठाको छेउमा गुन्द्री छ । गुन्द्रीको छेउमा घरको मूलढोका देखियो । त्यही ढोकाबाटै रगत लतपतिएको देख्यौँ। बमबहादुरको घरमा हामी पुग्दैछौँ।

प्यासेजमा पनि रगत लतपतिएको छ । प्रहरीले घेरेर राखेकाले घटनास्थलमा कसैलाई पनि पस्न दिइएको छैन। प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो आइरहेकाले स्थानीय प्रहरीले अहिलेसम्म घटनास्थल जाँच प्रकृति मुचुल्का उठाएको छैन । घटनास्थल घेरिएकाले फोटो खिच्न पनि नमिल्ने अवस्था छ। 

मैले स्थानीयबासी जयकुमार ढकालसँग कुरा गर्दा घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली बिहान साढे ४ बजे आइपुगेको बुझयौँ । नौजनाको हत्या भएको घटनामा १३ वर्षकी सीता खजुमले भागेर ज्यान बचाएको पत्ता लागेको छ । हात भाँचिएकी उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र रविमा उपचार भइरहेको छ ।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार दुवै परिवारको हत्यामा खुकुरीको प्रयोग भएको छ। धेरैको मुख, घाँटी र टाउकोमा प्रहार गरिएको छ । अनुहारमा खुकुरी हानिएकाले शवहरु हेर्नै नसकिने अवस्थामा रहेका प्रहरीले जानकारी दिएका छन् । 

बमबहादुरको घरबाट भागेर बाँचेकी सीताले मास्क लगाएर आएको एकैजनाले खुकुरीले हानेको बताएकी छन् । 

शिशा हालेर मार्ने प्रयास

स्थानीयबासीका अनुसार एक हप्ता अगाडि पनि धनराज सेर्माको परिवारलाई शिशा हालेर ज्यान लिन खोजेको खुलेको छ । स्थानीयबासीका अनुसार खाजामा शिशा मिसाएर दिँदा सेर्माका परिवार बिरामी परेका थिए । तर उनीहरुलाई शिशा हालिदिनेको पहिचान हुन सकेको रहेनछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.