|

ओखलढुङ्गाः ओखलढुंगाका स्थानीय हाटहरूमा अदुवाको अभाव देखिएको छ। किसानका घरघरमै पुगेर व्यापारीहरुले अदुवा निर्यात गरेपछि त्यसको प्रभाव जिल्ला सदरमुकाम सहित यहाँका स्थानीय हाटबजारमा परेको हो।

किसानसँग भएको अदुवाभन्दा उपभोक्ताको माग धेरै भएपछि अहिले प्रतिकेजी ३५० रुपैयाँका दरले अदुवाको किनबेच हुन थालेको छ।अघिल्ला वर्षहरूमा प्रतिकेजी २५ रुपैयाँसम्म किनबेच हुने अदुवाको भाउ ह्वात्तै बढेपछि किसानलाई राहत मिलेको भए पनि उपभोक्ता मारमा परेका छन्। 

भन्सामा अति प्रयोग गरीने अदुवा अभाव र महँगो हुँदा सर्वसाधरणलाई मार परेको सिद्धिचरण नगरपालिका ११ का व्यवसायी रविन राजभण्डारीले बताए। अदुवा निस्कने सिजन मंसिर पुसमै व्यापारीले ५० रुपैयाँ प्रतिकेजीका दरले बारी मै आएर लैजान थालेकोले अहिले अदुवाको अभाव भएको बिगुटारकी किसान ङिमा शेर्पाले बताइन। बारी मै आएर ब्यापारीले लग्न तथाले पछि अदुवा अभाव भएको किसानहरु बताउँछन्। 

ओखलढुंगाको विगुटार, राँगादीप, वर्णालु, रुम्जाटार, मुलखर्क लगायतका क्षेत्रमा उत्पादन हुने अदुवा अहिले स्थानीय हाटमा न्यून मात्रामा आउने गरेको छ। ओखलढुंगामा ४५ हेक्टर भन्दा बढी क्षेत्रफलमा अदुवाको खेती हुँदै आएको छ। 

जिल्लामा प्रशस्तै अदुवा खेती हुने संभावित ठाउँ भएपनि मूल्यमा आउने उतरचढावले किसान व्यवसायिक रुपमा भने आकर्षित हुन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.