|

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन्। 

शून्य समयमा बोल्दै उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। 

पोखरामा केही दिनदेखि १३ देशका सैनिक विपद्‍ व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन्। नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो।

यो सैन्य अभ्यासलाई लिएर चीन लगायतका देशले विरोध गरिरहेका छन्। अमेरिकाले विपद्‍ व्यवस्थापनको नाममा सैन्य अभ्यास सञ्चालन गरेकोमा चीन लगायत शक्ति राष्ट्रले विरोध जनाइरहेका हुन्। 

उक्त सैन्य अभ्यासललाई लिएर नेकपाको उच्च तहबाटै सदनमा सरकारको जवाफ माग भएको हो। संसद्‍को आजको बैठकमा पनि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलेल अघिल्लो अधिवेशनदेखि नै उठाउँदै आएका माग पूरा नभएको भन्दै आपत्ति जनाएका थिए।

सभामुखले गरेको रुलिङ पनि सरकारले ध्यान नदिएको भन्दै राजपाका सांसदले बैठकको सुरुमा सिटबाट उठेर विरोध जनाएका थिए। मधेस र थरुहट आन्दोलनको छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ। 

यादवले भने, 'संविधान संशोधनको विषयमा सरकारले आश्वासन दिए पनि पुरा गरेन। सरकारको स्पष्ट धारणा हुनुपर्ने संविधान संशोधन गरिएन भने विगतका सम्झौताको कार्यान्वन भएन।'

बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले मूल्य वृद्धिको विरोध गरेका थिए। उनले सरकारले विचौलिया र व्यापारीको पक्ष लिएर मूल्य वृद्धि नरोकेको बताए। उनले मूल्य वृद्धि रोक्नका सरकारले के गर्दैछ भनेर जवाफ मागेका थिए। 

अन्य सांसदहरूले ताप्लेजुङको मिक्लाजुङमा भएको दुई परिवारका ९ जनाको हत्याका बारेमा सरकारको जवाफ माग गरेका थिए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.