|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विद्युत क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए। 

जनताको पानी, जनताकै लगानी भन्ने सरकारको अभियानमा साथ दिन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इपानको संयोजनमा सुरु भएको २ दिने सम्मेलनलाई सम्बोधन गर्दै जलविद्युत क्षेत्रको विकासबाट मात्र देशको आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको विकास हुनेमा सरकार विश्वस्त रहेको बताए।

उनले उर्जामा आत्मनिर्भर भएर मात्र देशलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे। दश वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारको संकल्पलाई साथ दिने उद्देश्यका साथ काठमाडौमा ऊर्जा सम्मेलन सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.